कर्णाली प्रदेशमा ३६ घण्टापछि विद्युत् सेवा शुरू

 भदौ ३, २०८१ सोमबार १८:२६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कालीकाेट – कर्णाली प्रदेशमा लगातारको वर्षाका कारण हिजो बिहानैदेखि अवरुद्ध भएको विद्युत् सेवा ३६ घण्टापछि शुरू भएको छ ।

कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनको बबई नजिकै रुख ढलेर अवरुद्ध भएको विद्युत् सेवा आज बेलुकी ५ बजेदेखि सञ्चालनमा आएको हो । रुख ढलेर चुँडिएका तारहरू नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतको टोलीले मर्मत गरेपछि विद्युत् सेवा शुरू भएको प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसयद यादवले बताउनुभयो ।

अन्तिम अपडेट: भदौ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया