विश्व फोटोग्राफी दिवस : पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी

 भदौ ३, २०८१ सोमबार १८:२८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व फोटोग्राफी दिवसका अवसरमा पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी भएको छ । एक सय ८५औं विश्व फोटोग्राफी दिवसका अवसरमा आज राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) ले पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी आयोजना गरेको हो ।

‘जब हिमाल मुस्कुराउँछ’ नाराका साथ गरिएको फोटो प्रदर्शनीमा नेपालका फोटो पत्रकारहरूले विभिन्न समयमा कैद गरेका हिमशृङ्खलाका ५० वटाभन्दा बढी तस्बिर राखिएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले विगतको तुलनामा अहिले फोटा खिच्नका लागि पत्रकारहरूलाई सहज अवस्था नभएको बताउनुभयो । पछिल्लो समय फोटो पत्रकारहरूको पेसालाई पनि कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) ले चुनौती दिइरहेको उहाँले बताउनुभयो । एआई, मोबाइल फोटो ग्राफिक्सका कारणले व्यावसायिक फोटो पत्रकारितालाई असर पारेको देखिएको अध्यक्ष पन्तकाे भनाइ छ ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया