४ हजार ६ सय मिटर उचाइमा स्वास्थ्य शिविर सम्पन्न

 भदौ ४, २०८१ मंगलबार १५:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको आयोजना तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको प्रमुख धार्मिकस्थल दूधकुण्डमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

४ हजार ६ सय मिटर उचाइमा रहेको दूधकुण्डमा आउने तीर्थयात्रीहरूलाई उचाइका कारण लाग्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरी यही भदौ १ देखि ३ गतेसम्म सञ्चालन भएको शिविर सम्पन्न भएको हो । यो स्वास्थ्य शिविर दूधकुण्ड जाँदा बखतको कामुडाँडा, बाटोका विभिन्न ठाउँ हुँदै दूधकुण्डमा सञ्चालन गरिएको थियो ।

उचाइका कारण टाउको दुख्ने, बान्ता हुने, रक्तचापमा वृद्धि, झाडापखाला, रिँगटा लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका तीर्थयात्रीहरूलाई स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविर सञ्चालन गर्नका लागि १० जना स्वयंसेवक परिचालन भएका थिए । औषधि तथा स्वयंसेवकका लागि खाना र आवास व्यवस्थापन तथा सामग्रीको व्यवस्थापन नेपाल लाइफ इन्स्यनोरेन्सले गरेको थियो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया