भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई अत्यधिक...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गामा एकतर्फी रुपमा गाडी चलिरहेका छन् । पहिरोका कारण हिजो झण्डै ६ घण्टापछि एकतर्फी रुपमा गाडी सञ्चालनमा आएको हो । पहिरो ठूलो भएकाले पन्छाउन समय लागेको र दुईतर्फी रुपमा खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाण्डौ जोड्ने अर्को मुख्य सडक खण्ड मुग्लिन–नारायणगढमा भने सामान्य रुपमा गाडी चलिरहेका मुग्लिन प्रहरीले जनाएको छ । पोखरा जोड्ने सडक भने बन्द छ । तनहुँको घाँसीकुवामा हिजोदेखि खसेको पहिराे पन्छाउन नसक्दा राजमार्ग अवरुद्ध भएको हो ।
पोखरा भित्रिने र पोखराबाट बाहिरिने गाडी तनहुँमा रोकिएका छन् । करिब एक सय मिटर माथिबाट खसेको पहिरोले सडक पुरिएकोले खुलाउन समय लाग्ने तनहुँ प्रहरीले जनाएको छ । साना गाडीलाई तालघरे हुँदै पहिरो कटेर घाँसीकुवामा निस्कने वैकल्पिक बाटो भए पनि ठूला गाडी भने चल्न सकेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।