बस्ती डुबानमा परेपछि कैलालीका १० जनालाई सुरक्षित ठाउँमा सारियो

 भदौ ६, २०८१ बिहीबार ६:२५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढेपछि कैलालीको कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्ती डुबानमा परेको छ । बस्तीका एक सय २६ जनामध्ये १९ घरधुरीका एक सय १६ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेका र पाँच परिवारका १० जनालाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीको नहर टोलका दुई दर्जनभन्दा बढी स्थानीय बासिन्दाको घरभित्र वर्षातको पानी पसेको छ । पानीको निकास साँघुरो हुँदा वर्षाको पानी स्थानीय बासिन्दाको घरभित्र पसेको हो । वर्षाको पानी घरभित्र पस्दा स्थानीय बासिन्दाका लत्ताकपडा, खाद्यान्न, भाडाँकुडालगायत अन्य अत्यावश्यक सामग्रीमा क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी जवान, डिभिजन सडक कार्यालय, सिँचाइ आयोजनाका कर्मचारी र स्थानीय बासिन्दाले थुनिएको कल्भर्ट सफाइको काम गरेका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया