कैलालीमा डेढसयभन्दा बढी घर डुबानमा, १९ परिवार विस्थापित

 भदौ ७, २०८१ शुक्रबार ८:१३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – हिजो र अस्तिको वर्षाले कैलालीका विभिन्न बस्ती डुबानमा परेका छन् ।  एक सय ५८ घरधुरी डुबानमा परेकोमा १९ घरधुरीका एकसय दुई व्यक्ति विस्थापित भएका प्रशासनले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाको ३, ४, ५, ८, ७ र ९ नम्बर वडा, घोडाघोडी नगरपालिकाको वडा ५ र ९, गौरीगङ्गा नगरपालिका–९ र कैलारी गाउँपालिका–५ का बस्ती डुबानबाट प्रभावित भएको छ । भजनीका १४ र कैलारीका पाँच परिवार विस्थापित भएका हुन् ।

बाढीका कारण भजनीका धेरै क्षेत्र डुबानमा परेका छन् भने जनजीवन प्रभावित बनेको छ । तस्बिर : झलनाथ खनाल / रासस

विस्थापित कतिपय परिवार अग्लो भागमा रहेको हुलाकी राजमार्ग खण्डमा त्रिपाल टाँगेर बसेका छन् । कैलारीका १० परिवालाई वडा कार्यालयमा र अरुलाई सुरक्षित ठाउँमा सारिएको छ । दुई दिनदेखिको वर्षासँगै जिल्लाको कटैनी, शिबगङ्गा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायतका नदीमा बढेको पानीको बहाव पसेपछि बस्ती डुवानमा परेको हो ।

भजनीहुँदै बग्ने कान्द्रा नदीमा आएको बाढी बस्तीमा पसेपछि हिजाे नदी आसपासको क्षेत्र डुबानमा परेको छ । तस्बिर : सिद्धराज भट्ट/रासस

पानीको निकास हुन नपाउनेगरी पूर्वपश्चिम हुलाकी राजमार्गको कतिपय भागको सडक खण्ड निर्माण गरिएको कारण डुबानमा पर्ने गरिएको स्थानीयबासिन्दाले गुनासो गरेका छन् । उनीहरूले पानी निकास हुनेगरी हुलाकी राजमार्ग खण्डमा आवश्यक संरचना बनाउनुपर्ने माग गरेका छन् ।

यसैबीच कञ्चनपुरमा असार तेस्रो हप्ताको बाढीबाट एक अर्ब ५० करोडको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा क्षति भएको हो ।
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया