साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – भक्तपुरमा रहेको केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणाी मेला सकिएको छ । साउन १ गतेदेखि शुरु भएको मेला हिजो सकिएको हो । सूर्यविनायक नगरपालिका‐८ सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन हिजो मन्दिरका चारै ढोका खुला गरी दर्शनार्थीले मन्दिरभित्र पसेर पूजा गर्न पाउने व्यवस्था गरिएको थियो ।
हिजो १५ हजारभन्दा धेरै भक्तजनले दर्शन गरेका डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार यस मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र पसेर शिला छोएर पूजा गर्नेे व्यवस्था गरिएको छ ।
श्रावणी मेला अवधिभर डोलेश्वरमा चार लाख भक्तजनको आगमन भएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । मेलाको अवधिभर मन्दिर आउने भक्तजनबाट दानस्वरुप ८५ लाख ४७ हजार रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ । त्यसमध्ये, ४५ लाख २० हजार रुपैयाँ भक्तजनहरूले रसिद काटेर सहयोग गरेको र ४० लाख २७ हजार रुपैयाँ मठ तथा मूर्तिमा चढाइएकोबाट सङ्कलन भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।