रेसुङ्गा विमानस्थलमा आजदेखि पुनः हवाई उडान शुरू

 भदौ ७, २०८१ शुक्रबार १२:४९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलमा आजदेखि पुनः नियमित रूपमा हवाई उडान शुरू भएको छ । मौसम बिग्रिएपछि गएको असार १४ गतेदेखि अवरुद्ध बनेको हवाई सेवा आजदेखि सञ्चालनमा आएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।

वर्षादको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएका कारण सात हप्तासम्म उडान प्रभावित बनेको थियो । यसअघि हप्ताको चार पटक उडान हुँदै आएको भए पनि केही समय हप्ताको एक दिन शुक्रवार मात्र उडान हुने स्टेशन प्रमुख थापाले बताउनुभयो । नेपाल वायु सेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेशनमा रहेका कारण जहाज नबन्दासम्म हप्तामा एक पटक मात्र उडान हुने बताइएको छ ।

आज बिहान काठमाण्डौदेखि १२ जना यात्रु लिएर रेसुङ्गा आएको जहाज खाली फर्किएको छ । जहाज नियमित नभएको र मौसम राम्रो नभएका कारण काठमाण्डौ जानका लागि सम्पर्कमा रहेका कतिपय व्यक्तिहरूले पछिल्लो समय नजाने बताएपछि जहाज रित्तै फर्किएको हो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया