सर्पले डसेर कैलाली र डोटीमा गरी तीन जनाको ज्यान गयो

 भदौ ९, २०८१ आइतबार ६:१५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सर्पले डसेर कैलाली र डोटीमा गरी तीन जनाको ज्यान गएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा हिजो सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको ज्यान गएको हो ।

स्थानीय पाँच वर्षीया बालिका लिजा र छ वर्षीया काजल घर्तीमगरको ज्यान गएको वडाध्यक्ष आशाराम डगौरा थारूले जानकारी दिनुभयो । सर्पले डसेर बिरामी बालिकाकी हजुरआमा रिजु घर्तीमगरको बडैपुरको सर्पदंश उपचार केन्द्रमा उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ ।

यस्तै डोटीमा पनि सर्पले डसेर एक महिलाको ज्यान गएको छ । आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सर्पको डसाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा हिजो बेलुका ज्यान गएको हो । खड्कालाई हिजो दिउँसो बारीमा काम गर्ने बेला सर्पले डसेको थियो ।     

सर्पले डसेपछि अन्तिम अवस्थामा मात्रै अस्पताल लैजाने प्रवृत्तिले सर्पको टोकाइका बिरामीको ज्यान जाने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बताउँनुहुन्छ । सर्प काठ, इँटा वा ढुङ्गाको थुप्रो, दुलो, झाडी भएको ठाउँमा लुकेर बस्ने गर्छ । गर्मी मौसममा विशेषगरी तराईका जिल्लामा गोमन, करेतलगायतका सर्पको बिगबिगी हुने गर्छ ।  

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया