साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
दैलेख – दैलेखका विभिन्न तीन ठाउँमा पानीसँगै परेको चट्टयाङ्गले लागेर चार जना घाइते भएका छन् । चट्टयाङ्ग लागेर भगवतीमाई गाउँपालिका–१ राँकाका २६ वर्षीय रेशम थापा, महाबु गाउँपालिका–२ डुँग्री गाउँका तीन जना ३० वर्षीय दिलबहादुर सुनार, २३ वर्षीय नगेन्द्र सुनार र ९ वर्षीय महेश सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।
डुँग्री गाउँमा घरभित्र बसिरहेका तीन दाजुभाइ दिलबहादुर, नगेन्द्र र महेश बेहोस भएपछि दैलेख अस्पतालमा पठाएको महाबु गाउँपालिका–२ की वडासदस्य पशुपति सुनारले जानकारी दिनुभयो ।
घाइते चारै जनालाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताउनुभयो । चट्याङ्ग लागेर भौतिक सम्पत्तिमासमेत क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।