एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरी गाउँमा गाउँमाथिबाट आएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । एक जना घाइतेको उद्धार गरिएको छ । स्थानीयबासिन्दाका अनुसार पहिरोमा अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कौशल न्यौपानेकाअनुसार पहिरोमा परी ज्यान गुमाउनेमा ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उहाँका १८ महिने छोरा आमुस श्रेष्ठ रहेका छन् । श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते भएकी छन् । घाइते अञ्जनाको गाउँमै उपचार भइरहेको छ ।
गएराति वर्षासँगको पहिरोले तीन वटा घर बगाएको, एउटा घरमा क्षति पुर्याएको र शैलुङ गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।