पहिराेले बेनी–दरबाङ सडक बन्द

 भदौ ९, २०८१ आइतबार १५:१२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – अविरल वर्षासँगै पहिरो खसेर पश्चिम म्याग्दीको बेनी–दरबाङ सडक बन्द भएको छ । बेनी नगरपालिका–४ तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौरको सिमानामा पर्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी–दरबाङ सडकमा वर्षासँगै पहिरो खसेपछि शनिवार रातिदेखि नै सडक बन्द भएको हो । घुमाउनेभीरको सडकमा ढुङ्गा, माटो र गेगरसहितको पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । सडकमा थुप्रिएको पहिरो पन्छाएर सडक खुलाउने पहल भइरहेको उहाँले बताउनुभयो ।

पहिरोले सडक अवरुद्ध भएपछि बेनीबाट दरबाङका लागि छुटेका गाडी तातोपानीको मसार तथा दरबाङबाट बेनीका लागि छुटेका गाडी सिमलचौर क्षेत्रमा रोकिएका छन् । सडक बन्द भएपछि यात्रु तथा सर्वसाधारणलाई यात्रा गर्न जोखिम हुनुका साथै सिमलचौर–पखेर भएर घुमाउरो बाटोमा यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया