लुम्बिनीमा यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन

 भदौ १४, २०८१ शुक्रबार १३:७:३८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधार गर्नका लागि कार्यदल गठन भएको छ । प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसको उचित व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो ।

उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेका अनुसार यातायात क्षेत्रलाई व्यवस्थित गरिनुपर्ने भन्दै गुनासो आएपछि मन्त्रालयले समस्या समाधानका लागि कार्यदल गठन गरेको हो । कार्यदलले कसरी यातायात क्षेत्र आम नागरिकका लागि सहज बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने उहाँले बताउनुभयो ।

कार्यदलले प्रदेश यातायातसम्बन्धी प्रवाह हुँदै आइरहेको सेवा प्रवाहमा देखिएका नीतिगत जटिलताका बारेमा अध्ययन गर्नेछ । अध्ययनअनुसार आवश्यक पहलकदमी लिइने मन्त्री न्यौपानेले जानकारी दिएनुभयो ।

यसैगरी सेवाग्राहीको जनगुनासोलाई कार्यदलले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । यातायात कार्यालयबाट प्राप्त हुने सेवा पाउन झन्झट व्यहोर्नु परिरहेको गुनासो सेवाग्राहीबाट व्यापक रूपमा आउने गरेको छ ।

विशेषगरी यातायात कार्यालयमा टोकन प्रणाली लागू नहुँदा सेवाग्राहीले लामो समयसम्म सेवा पाउन लाइन बस्नुपर्ने गुनासो गर्दै आएका छन् । मन्त्री न्यौपानेले प्रदेशमा रहेका सबै यातायात कार्यालयलाई तत्काल टोकनको व्यवस्था गर्न केही दिनअघि निर्देशन दिइसक्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया