पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – शेयर बजार आज उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार ६ सय ९५ दशमलव ९३ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर राताम्मे भएको छ । आज पिपुल्स हाइड्रो, माइखोला हाइड्रो र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सुपर माई हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई करोड ६२ लाख ४६ हजार कित्ता शेयर १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुडविल फाइनान्सको ५२ करोड ३१ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।