गुल्मी कारागारमा कैदीबन्दीका लागि पुस्तकालय स्थापना

 भदौ २२, २०८१ शनिबार १८:१५:१६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मी कारागारमा कैदीबन्दीका लागि पुस्तकालय स्थापना भएको छ । निजामति सेवा दिवसको अवसरमा थुनामा रहेका कैदीबन्दीका लागि ५० हजार रुपैयाँ मूल्य बराबरका पुस्तकसहित पुस्तकालय स्थापना भएको हो ।

विभिन्न कसुरमा थुनामा रहेका कैदीबन्दीको मागअनुसार पहिलो पटक यसरी कारागार भित्र पुस्तकालयको स्थापना गरिएको कारागार प्रमुख रेश्मीराज पन्थीले जानकारी दिनुभयो । बन्दीहरुका लागि आजदेखि उनीहरुले रोजेका विभिन्न प्रकारका पुस्तकहरु अध्ययन गर्न पाउने भएका छन् ।

पुस्तकको अध्ययनसँगै कैदीबन्दीको सोचाइ र जीवन परिवर्तन गर्न थप सहज पुग्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । २५ जनाको मात्र क्षमता रहेको गुल्मी कारागारमा अहिले एक सय एक जना पुरुष र सात जना महिलासहित एक सय आठ जना कैदी बन्दी रहेका छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया