६ दिनसम्म घटेको नेप्से आज ७८ अङ्कले बढ्यो, ८ अर्ब १६ करोड रुपैयाँको कारोबार

 भदौ २७, २०८१ बिहीबार १६:१६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – लगातार ६ दिनसम्म घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७८ दशमलव १७ अङ्कले बढेर दुई हजार छ सय ८८ दशमलव ३८ विन्दुमा पुगेको छ । आज म्युचुअल फण्डबाहेक सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत, लगानी, फाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।

वीन नेपाल लघुवित्त, ग्रीन भेन्चर्स, उपकार लघुवित्त, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी र एसियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । आज एक करोड ९४ लाख कित्ता शेयर आठ अर्ब १६ करोड ९२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया