बझाङमा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध : बिजुली र खानेपानीको सेवासमेत प्रभावित

 भदौ २९, २०८१ शनिबार ११:१७:१५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको जयपृथ्वी राजमार्ग र राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध छ । अस्तिदेखि परेको पानीले तमैल बजार नजिकै बालुवा टावर भन्ने ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिरोले पोल र तारमा क्षति पुगेको छ । लामो तथा छोटो दूरीका गाडी चल्न सकेका छैनन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिएको बताउनु भयो । उहाँले सुख्खा पहिरो लगातार खस्दा समस्या भएको जानकारी दिनु भयो । सदरमुकाम चैनपुरमा खानेपानी सेवासमेत प्रभावित भएको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया