४४ अङ्कले बढेर शेयर बजार २५ सय विन्दुमाथि, कारोबार रकम भने घट्यो

 असोज १४, २०८१ सोमबार १५:२०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ४५ अङ्कले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज सीईडीबी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै कुमारी सबल योजना, युनाइटेड मोदी हाइड्रोपावर, सर्वाेत्तम सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन प्रभु सेलेक्ट फन्डको शेयर भने नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि शेयर कारोबार रकम भने घटेको छ । हिजो चार अर्ब रुपैयाँभन्दा धेरैले कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका ९७ लाख १७ हजार कित्ता शेयर तीन अर्ब ७१ करोड रुपैयाँमा कारोबार भएको छ ।

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया