बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या २ सय जना पुग्याे

 असोज १४, २०८१ सोमबार १८:१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुरको च्यासलमा बाढीमा बेपत्ता भएकाहरूकाे सोमवार खोजी गर्दै सशस्त्र प्रहरीको टोली । तस्वीर : नवीन पौडेल/रासस

काठमाण्डाै – गएको शुक्रवारयताका चार दिनमा वर्षाजन्य विपद्मा परेर दुई सय जनाको ज्यान गएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार गएको शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानमा परेर दुई सय जनाको ज्यान गएको छ । अझै २६ जना हराइरहेका छन् । एक सय २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

यस्तै विभिन्न ठाउँमा जोखिममा परेका र अलपत्र परेका चार हजार दुई सय जना २२ जनाको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेर अहिलेसम्म १३ सय २७ वटा घर बगेका छन् ।

यस्तै पाँच वटा पक्की पुल र तीन वटा बेलिब्रिजसहित १९ वटा पुल पनि बगेका प्रहरीले जनाएको छ । बाढी पहिरो प्रभावित कतिपय ठाउँमा अझै पनि सञ्चार सम्पर्क हुन नसकेकाले क्षतिको विवरण आउन नसकेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया