अमेरिकामा 'हेलेन' आँधी : ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो

 असोज १८, २०८१ शुक्रबार ६:३२:१२ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

काठमाण्डाै – अमेरिकामा 'हेलेन' नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् ।

ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले जनाएको छ । त्यहाँ सन् २००५ मा आएको 'कट्रिना' नामको विनाशकारी र घातक आँधीपछि अहिलेको 'हेलेन' आँधीले बढी मानवीय तथा भौतिक क्षति गरेको समाचारमा उल्लेख छ । आँधीका कारण विभिन्न ठाउँमा पहिरो गएपछि झन्डै १० लाख मानिस बिजुली र पानीविहीन भएका छन् ।

ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि राष्ट्रपति जो बाइडेनले हिजो फ्लोरिडा र जर्जिया भ्रमण गर्नुभएको छ । गएको हप्ता आएको आँधीका कारण निम्तिएको बाढी तथा पहिरोबाट प्रभावितहरूलाई राष्ट्रपति बाइडेनले उनीहरूको पुनर्स्थाना नभएसम्म सरकारले सहयोग गरिरहने बताउनुभएको छ । उहाँले फ्लोरिडा, जर्जिया, उत्तरी र दक्षिणी क्यारोलिना र भर्जिनियामा प्रकोप सहायता पनि स्वीकृत गर्नुभएको छ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया