सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै काठमाण्डौमा प्रदर्शन

 मंसिर ६, २०८१ बिहीबार १५:१५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका सडक र खोला किनारका बासिन्दाले आज काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् । सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् ।

भूमि अधिकार संरक्षण सङ्घर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । काठमाण्डौको माइतीघरमा भेला भएर उनीहरूले नाराबाजी पनि गरेका छन् । उनीहरूले मापदण्डका नाममा उठीबास गर्न पाइँदैन, खोला मिच्न पाइँदैन भन्ने लगायतका प्ले कार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया