कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

 मंसिर ६, २०८१ बिहीबार १५:३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । ३८ वर्षीय जफरलाई पाँचौं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको लुम्बिनी लायन्सले जनाएको छ ।

जफरले सन् २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेका थिए । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने पहिलो खेलाडी हुन् । सन् २०२१ को नोभेम्बरमा पनामासँगको खेलमा उनले ४ ओभरमा १ रन पनि नदिई २ विकेट लिएका थिए । जफरले ४९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय ९० रन बनाउँदै ५५ विकेट लिएका छन् ।

लुम्बिनीले यसअघि इङ्गल्यान्डका टम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाबाट क्रिकेट खेलिरहेका उन्मुक्त चन्द र वेस्ट इन्डिजका रामोन सिम्नोड्सलाई अनुबन्ध गरेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीको मुख्य प्रशिक्षकमा नन्दन पाडनिस छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ टोली सहभागी हुने एनपीएल यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया