दशैँ बिदाअघि शेयर बजार सामान्य बढ्यो, कारोबार रकम ४ अर्ब रुपैयाँ पनि पुगेन

 असोज २३, २०८१ बुधबार १५:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । दशैँ बिदाअघि शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८५ अङ्कले बढेर दुई हजार ६ सय ६८ दशमलव १७ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, लगानी, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । हिजो चार अर्ब ५९ करोडभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ९४ वटा कम्पनीका ८३ लाख १२ हजार कित्ता शेयर तीन अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया