बीपी राजमार्ग आजदेखि खुल्ने : मर्मतको अन्तिम चरणको काम चल्दै

 असोज २५, २०८१ शुक्रबार ७:१९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – बाढीपहिरोले क्षति गर्दा अवरुद्ध बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सामाजिक सञ्जाल फेसबुकमार्फत बीपी राजमार्ग आज शुक्रवारदेखि सञ्चालनमा आउने जानकारीसमेत गराउनुभएको छ ।

आज बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा ल्याउने गरी मर्मतको अन्तिम चरणको काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिनुभएको छ । अवरुद्ध सडक खुलाउन रातदिन र चाडपर्व नभनी काम गरिएको उहाँको भनाइ छ । यो राजमार्गको विभिन्न ठाउँमा गरी १२ किलोमिटर भन्दा धेरै भागमा क्षति पुगेको थियो । उहाँका अनुसार आजदेखि कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुल्नेछ । देशका अरू ठाउँमा सडक खुलाएपछि सबैजसो मेसिन र जनशक्ति बीपी राजमार्ग खुलाउन परिचालन गरिएको सचिव शर्माले बताउनुभयो ।

केही मेसिन भाडामा पनि लिएर काम भएको छ । धेरैजसो ठाउँमा खोला फर्काएर र बगरमा सडक बनाइएको छ । पूर्वी नेपालसँग जोड्न बिपी राजमार्ग निकै महत्वपूर्ण भएकाले यो सडक खुलाउन डेडिकेटेड टिम नै खटाइएको सचिव शर्माले जानकारी दिनुभयो ।

सडक सहज हुँदा बीपी राजमार्ग हुँदै दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध हुँदै मुख्य पर्व दशैँमा आउजाउ गर्ने यात्रुले धेरै दुःख पाएका छन् । अब सडक खुलेपछि टीका लगाउन आउजाउ गर्नेलाई केही सजिलो हुने र टीकापछि पूर्वी नेपालबाट साना गाडी बीपी राजमार्ग हुँदै काठमाण्डौ आउजाउ गर्न सक्ने सचिव शर्माले उज्यालोलाई जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया