टीका लगाउन आफन्तकोमा जानेहरुका कारण सडकमा चहलपहल बढ्यो

 असोज २६, २०८१ शनिबार १३:५०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँको टीका लगाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाण्डौका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।

काठमाण्डौ उपत्यकाका तीन जिल्ला (काठमाण्डौ, ललितपुर र भक्तपुर) मा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरु गाडी कुरेर बसिरहेको देख्न सकिन्छ ।

नयाँ बानेश्वर, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, गौशला, चक्रपथ लगायतका केही ठाउँका चोकमा पालो कुनुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ । हिजो काठमाण्डौ उपत्यकामा निकै कम गाडी चलेकोमा अब बढ्न थालेका छन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ । 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया