बीपी राजमार्गमा साना गाडी मात्रै सञ्चालनमा, ठूला गाडी चलाउन रोक

 असोज २६, २०८१ शनिबार १६:५१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्ले खण्डमा सुक्खा पहिरोले अवरुद्ध भएको सडक एकतर्फी रुपमा दुई पाङ्ग्रे तथा साना गाडीका लागि मात्रै सञ्चालन भएको छ । अझै पनि सुक्खा पहिरो खस्नेक्रम नरोकिएकाले र सडकको अवस्था कमजोर रहेकाले ठूला गाडी चलाउन रोक लगाएको प्रहरीले जनाएको छ ।

सडक खुलाउन निरन्तर प्रयास भइरहे पनि निर्बाधरुपमा दुईतर्फी सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले उज्यालोलाई जानकारी दिनु भयो । उहाँले सडकको अवस्था निकै कमजोर रहेकाले सकेसम्म जोखिम मोलेर यात्रा नगर्न र ठूला गाडी नचलाउन सबैमा आग्रह गर्नु भएको छ ।

दुई पाङ्ग्रे तथा साना गाडीबाट यात्रा गर्नुपरेमा सुक्खा पहिरो र सडकको अवस्था हेरेर सावधानीपूर्व यात्रा गर्न उहाँले सबैमा अनुरोध गर्नु भएको छ । १४ दिनपछि हिजो बिहान खुलेको सडक सुक्खा पहिरोका कारण फरि बन्द भएको थियो ।

गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो । चाडवाडको बेलामा छोटो दूरीको सडक अवरुद्ध हुँदा यात्रुहरुले समस्या भोग्नु परेको छ । 
 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया