मौसम प्रतिकुलताका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प, पर्यटकहरु मन्थलीमै रोकिए

 असोज ३०, २०८१ बुधबार ८:३३:४१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – मौसम प्रतिकुलताका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज उडान ठप्प बनेको छ ।

मौसममा आएको परिवर्तनका कारण अस्ति सोमवारदेखि कुनै पनि जहाजले उडान भर्न नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका अनुसार आइतवार ९० वटा उडानमार्फत झण्डै आठ सय जना पर्यटक भित्रिएको लुक्लामा त्यसपछि कुनै पनि उडान हुन सकेको छैन । निरन्तर हुस्सुका कारण उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकहरु समस्यामा परेका छन् ।

जहाजको उडान प्रभावित भएसँगै पर्यटक लिएर आएका हेलिकप्टरहरु लुक्ला भन्दा केही तल सुर्केमा अवतरण भइरहेको छ । लुक्ला जान मन्थली पुगेका एक हजार तीन सय जना विदेशी पर्यटक दुई दिनदेखि रोकिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहले जानकारी दिनुभयो ।

जहाजको उडान प्रभावित हुँदा रोकिएका पर्यटकहरु सडक मार्गबाट सोलुखुम्बु सदरमुकाम सल्लेरी हुँदै खुम्बु जाने योजनाका साथ अघि बढेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के गइरहेको उहाँको भनाइ छ ।  

 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया