शेयर बजार सामान्य बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

 कात्तिक १, २०८१ बिहीबार १५:३२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो र अस्ति उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४७ अङ्कले बढेर दुई हजार सात सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज गुडविल फाइनान्स कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ६६ करोडको कारोबार भएकोमा आज तीन सय १६ वटा कम्पनीका एक करोड ८८ लाख कित्ता शेयर सात अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै कुमारी बैंकको ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया