वर्तमान सरकार गठनपछि निजी क्षेत्रको आत्मविश्वास बढ्याे : अर्थ मन्त्रालय

पूँजीगत खर्च ६५ प्रतिशतले बढ्यो, राजस्व सङ्कलनमा १३ प्रतिशतको वृद्धि

 कात्तिक २, २०८१ शुक्रबार १८:१४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्रालयले वर्तमान सरकार गठन भएपछि निजी क्षेत्रको आत्मविश्वास बढेको दाबी गरेको छ । सरकार गठन भएको तीन महिनाभित्र भएका कामको सूची सार्वजनिक गर्दै मन्त्रालयले यस्तो दाबी गरेको हो ।

देशको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठनलाई अर्थ मन्त्रालयले महत्त्वपूर्ण काम मानेको छ । आन्तरिक राजस्व परिचालन रणनीति कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङ तयारी पूरादेखि सङ्घीय संसद्मा विधेयक पेशसम्मलाई अर्थले आफ्नो तीन महिने उपलब्धि मानेको छ ।

अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीहरू रहे पनि पहिलेको तुलनामा सुधार आइरहेको बताउनुभयो । प्रवक्ता भट्टराईले तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको, गएको वर्षको यसै अवधिको तुलनामा पूँजीगत खर्च र राजस्व सङ्कलन बढेको, ब्याजदर कम भएको, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको, पूँजी बजार चलायमान भएको, विदेशी मुद्रा सञ्चिति बढेको, रेमिट्यान्स वृद्धि भएको जानकारी दिनुभयो ।

पुँजीगत खर्च गएको वर्षको यसै अवधिको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको छ भने राजस्व सङ्कलन गएको वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले बढेकाे छ । यसैगरी विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै उच्च २१ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ । रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको छ भने ब्याजदर घटेर औसत ६ दशमलव १५ प्रतिशत कायम भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया