तिहार नजिकिँदै, ढकमक्क फुल्न थाले सयपत्री र मखमली (तस्वीरहरू)

 कात्तिक ३, २०८१ शनिबार १२:४४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुरको सूर्यविनायक–७ गुन्डुका महिला मखमली फूल टिप्दै । तस्वीर :चन्द्रकला क्षेत्री/रासस

काठमाण्डाै – रङ्गीचङ्गी फूल र झिलिमिली बत्तीकाे पर्व तिहार आउन अब १० दिनमात्र बाँकी छ । यही कात्तिक १४ गतेदेखि तिहार शुरू हुँदैछ । तिहार नेपालीहरूकाे दाेस्राे ठूलाे चाड हाे ।

तिहार नजिकिएसँगै अहिले खेतबारी, फाँट र घरआँगन वरिपरि ढकमक्क सयपत्री र मखमली फूल्न थालेका छन् । सयपत्री र मखमली ढकमक्क फुल्दा खेतबारी र फाँट आकर्षक देखिएका छन् जसले तिहारकाे झल्काे दिइरहेकाे छ ।

सयपत्री तिहारमा प्रयाेग हुने मुख्य फूलमध्ये एक हाे । कागतिहारदेखि भाइटीकासम्म सयपत्री र मखमली फूलकाे प्रयाेग हुन्छ । तिहार नजिकिएसँगै फूल व्यवसायीहरू फूल टिप्न र माला गाँस्नमा व्यस्त छन् ।

कपिलवस्तुकाे वाणगङ्गाका भाष्कर पंगेनी र दशरथ साउदले घोराही–१५ भरतपुरमा व्यावसायिक रूपमा गर्नुभएकाे सयपत्री फूल खेती । तस्वीर : राससभक्तपुरको सूर्यविनायक–७ गुन्डुका महिला मखमली फूलकाे माला उन्दै । तस्वीर : चन्द्रकला क्षेत्री/राससभक्तपुरको सूर्यविनायक–७ गुन्डुका महिला बिक्रीका लागि उनेको मखमली फूलको माला मिलाएर राख्दै । तस्वीर : चन्द्रकला क्षेत्री/राससदाङको घोराही उपमहानगरपालिका-१३ स्थित डुम्बर गाउँमा ईन्द्रा बुढाले तिहारलाई लक्षित गरेर व्यवसायिक रुपमा गर्नु भएको मखमली फूल खेती । तस्बिर : कुलदीप न्यौपाने / राससदाङको घोराही–१४ झिंगौरामा वीरेन्द्र खड्काले व्यावसायिक रूपमा गर्नुभएको मखमली फूल खेती । तस्वीर : सुशीला ओली/राससदाङको घोराही–१४ झिंगौरामा वीरेन्द्र खड्काले व्यावसायिक रूपमा गर्नुभएको मखमली फूल खेती । तस्वीर : सुशीला ओली/रासस

तस्वीर : रासस

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया