ईपीएलमा टोटनहम, म्यानचेस्टर युनाइटेड विजयी : आर्सनल बर्नमाउथसँग पराजित

 कात्तिक ४, २०८१ आइतबार ८:४१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा हिजो भएका खेलमा टोटेनहम हट्सपुर, म्यानचेस्टर युनाइटेड, एस्टन भिला, ब्राइटन, लेस्टर सिटी, एभर्टन र बर्नमाउथ विजयी भएका छन् ।

टोटेनहमले वेस्ट ह्यामलाई ४–१ गोलले हरायो । यस्तै म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई हरायो । यस्तै एस्टन भिलाले फुलहामलाई ३–१, ब्राइटनले न्युक्यासललाई १–०, लेस्टर सिटीले साउथ्याम्पटनलाई ३–२, एभर्टनले इप्सविच टाउनलाई २–० गोलले हरायो । यस्तै हिजोको अन्तिम खेलमा बर्नमाउथले आर्सनललाई २–० गोलले हरायो ।

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल ७ खेलमा १८ अङ्कसहित शीर्ष स्थानमा , म्यानचेस्टर युनाइटेड ७ खेलमा १७ अङ्कसहित दोस्रो स्थानमा र आर्सनल ८ खेलमा १७ अङ्कसहित तेस्रो स्थानमा छन् ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया