महिला टी–२० विश्वकपले नयाँ विजेता पाउँदै, उपाधिका लागि दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दै

 कात्तिक ४, २०८१ आइतबार ९:२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : आईसीसी

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दैछन् ।

नवौं संस्करणको फाइनल खेल दुबईमा राति पौने ८ बजे शुरू हुनेछ । सेमिफाइनलमा दक्षिण अफ्रिका अस्ट्रेलियालाई र न्युजिल्यान्डले वेस्ट इन्डिजलाई हराएको थियो ।

आज महिला टी–२० विश्वकप क्रिकेटले नयाँ विजेता पाउने भएको छ । दक्षिण अफ्रिका र न्युजिल्यान्डले अहिलेसम्म उपाधि जितेका छैनन् । दक्षिण अफ्रिका गएको वर्षको विश्वकपमा उपविजेता बनेको थियो । यस्तै न्युजिल्यान्ड सन् २००९ र २०१० मा उपविजेता बनेको थियो ।

महिला टी–२० विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाले ६ पटक उपाधि जितेको छ । अस्ट्रेलिया सन् २०१०, २०१२, २०१४, २०१८ र २०२० र २०२३ काे विजेता हाे । यस्तै इङ्गल्यान्ड पहिलाे संस्करण सन् २००९ र वेस्ट इन्डिज सन् २०१६ काे विजेता हाे ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया