शेयर बजार आज ४७ अङ्कले घट्यो : ८ अर्ब १८ करोडको कारोबार

 कात्तिक ४, २०८१ आइतबार १५:५२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज ४७ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९७ दशमलव ९१ विन्दुमा झरेको छ ।

आज १८ वटा कम्पनीको मूल्य बढ्दा दुई सय २६ वटाको घटेको छ । आज सबैजसो उपसमूहको सूचक घटेको हो । सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक चार प्रतिशतले घटेको छ ।

गएको बिहीबार सात अर्ब १९ करोड बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेको छ । आज कुल दुई करोड आठ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा आठ अर्ब १८ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया