अन्तर्राष्ट्रिय उडानमा रहेका नेपाल एअरलाइन्सका ३ वटै विमान सञ्चालनमा

 कात्तिक ५, २०८१ सोमबार ९:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीन वटै विमान सञ्चालनमा आएको जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुई वटा 'न्यारोबडी' विमान नियमित उडानमा रहेका छन् । एउटा 'वाइडबडी' विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाण्डौ ल्याई तत्काल मर्मतको काम सकेर हिजो बेलुकीदेखि उडानमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

अस्ति शनिवार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका दुई वटा न्यारोबडी विमान नियमित उडानमा रहेका छन् । एउटा वाइडबडी विमान पनि मर्मतपछि सञ्चालनमा आएको हो ।

निगमले विमान विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकाले निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्डअनुरूप नियमित मर्मत गर्ने गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

प्राविधिक कारणले तीन वटा विमानका यात्रु दुई वटा विमानबाट बाेक्नुपर्ने भएकाले उडान केही ढिला हुन गई यसबाट यात्रुलाई पर्न गएको असुविधाप्रति निगमले क्षमायाचनासमेत गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया