साफ महिला च्याम्पियशिप फुटबलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलले हरायो

 कात्तिक ५, २०८१ सोमबार १५:४०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डौ – साफ महिला च्याम्पियशिप फुटबलमा भुटानले श्रीलङ्कालाई हराएको छ । समूह ‘बी’ को आजको पहिलो खेलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलले हराएको हो ।

भुटानका लागि डेकी लाजोमले दुई, नामगेल डेमा र डोर्जी एडोनले समान एक गोल गरे । श्रीलङ्ककाकी थुशानी मधुशीखाले एक गोल फर्काइन् । आजको जीतसँगै चार अङ्कका साथ भुटान अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । श्रीलङ्का तीन अङ्कसहित दोश्रो स्थानमा छ ।

आजै आयोजक नेपालले माल्दिभ्ससँग खेल्दैछ । समूह ‘बी’ को यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । साफ च्याम्पियनशिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो ।

यसअघि साफको छ संस्करणमा समूह चरणको सबै खेलमा नेपालले कम्तीमा १ गोल गरेको थियो । यस्तै माल्दिभ्स पहिलो खेलमा श्रीलङ्कासँग १–० गोलले पराजित भएको थियो । नेपाल एक अङ्कसहित तेश्रो स्थानमा छ भने माल्दिभ्स अङ्कविहीन हुँदै पुछारमा छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया