शेयर बजार परिसूचक नेप्से झन्डै ५८ अङ्कले घट्यो

 कात्तिक ५, २०८१ सोमबार १५:५०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज पनि शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । हप्ताको पहिलो कारोवार दिन हिजो ४७ अङ्कभन्दा धेरैले घटेको नेप्से आज ५७ दशमलव ९९ अङ्कले घटेर दुई हजार छ सय ३९ दशमलव ९२ अङ्कमा झरेको छ ।

आज सबै समूहको शेयर मूल्य घटेर बजार राताम्मे हुँदा फाइनान्स, बैंक, जलविद्युत्, लगानी, जीवनबीमा र अन्य समूहको शेयर मूल्य उच्च अङ्कले घट्यो । आज नादी ग्रुप पावरको शेयर आठ प्रतिशतभन्दा धेरै घटेको छ ।

समग्रमा बजार घटे पनि आज विन नेपाल लघुवित्त र कर्पोरेट विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले बढ्यो । बजारसँगै आज कारोबार रकम पनि घटेको छ ।

हिजो आठ अर्ब १८ करोड रुपैयाँभन्दा धेरै मूल्य बराबरको शेयर कारोबार भएकोमा आज तीन सय १९ कम्पनीका एक करोड ३८ लाख कित्ता शेयर पाँच अर्ब ९० करोड रुपैयाँमा कारोबार भयो ।  

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया