१६औं ब्रिक्स सम्मेलन आजदेखि, रुसी राष्ट्रपति र राष्ट्रसङ्घका महासचिवबीच द्विपक्षीय वार्ता हुने

 कात्तिक ६, २०८१ मंगलबार ६:१३:५२ | एजेन्सी
unn.prixa.net

तस्वीर : एपी

आजदेखि १६औं ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी  पाँच विकासशील देश सहभागी हुनेछन् ।

सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने बीबीसीले जनाएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । पुटिनले पर्सि बिहीवार अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्नु हुने क्रेमलिनका सल्लाहकार युरी उशाकोभले बताउनुभएको खबरमा उल्लेख छ ।

यसअघि ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले भने टाउकोमा लागेको चोटका कारण ब्रिक्स शिखर सम्मेलनका लागि रुसको भ्रमण रद्द गर्नुभएको छ । अब उहाँले भिडियो कन्फ्रेसिङ्गको माध्यमबाट सम्मेलनमा भाग लिनु हुनेछ । ब्रिक्स शिखर सम्मेलन पर्सि बिहीवार सकिनेछ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया