नागरिकले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु हुँदैन : प्रधा...
चैत ३०, २०८१ शनिबार
पाकिस्तानले दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोशलाई पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेटबाट एक वर्षको प्रतिबन्ध लगाएको छ । पीएसएलको ड्राफ्टमा छनोट भए पनि यस वर्षको प्रतियोगिताबाट नाम फिर्ता लिएपछि बोशलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एक वर्षको प्रतिबन्ध लगाएको हो ।
पीएसएल ड्राफ्टमा पेशावर जाल्मीका लागि डायमन्ड श्रेणीमा छनोट भएका बोशलाई इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको टोली मुम्बई इन्डियन्सले घाइते भएका वेस्ट इन्डिजका खेलाडी लिजाड विलियम्सको ठाउँमा अनुबन्ध गरेको थियो ।
यस पटक पीएसएल र आईपीएल एकै समयमा पर्ने भएपछि ३० वर्षीय अलराउन्डर कोर्बिन बोशले पीएसएल छोड्ने निर्णय गरेका थिए । बोशले सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै पीसीबीले कानूनी सूचना पठाएको थियो । १०औं संस्करणको पीएसएल आजदेखि शुरू हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।