दक्षिणी बेरुतको सरकारी अस्पताल नजिकै इजरायली आक्रमण, ४ जनाको ज्यान गयो

 कात्तिक ६, २०८१ मंगलबार १२:८:२६ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

दक्षिणी बेरुतको मुख्य सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणमा चार जनाको ज्यान गएको छ । हवाई आक्रमणमा एक बालकसहित चार जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हवाई आक्रमण रफिक हरिरी विश्वविद्यालय अस्पतालको कार पार्किङ क्षेत्रमा भएको देखिएको खबरमा उल्लेख छ । यो घटनामा अन्य २४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो हवाई आक्रमण सोमवार बेलुकी दक्षिण बेरुतमा भएको १३ हवाई आक्रमणमध्ये एक रहेको बीबीसीले जनाएको छ । इजरायली सेनाले हिजबुल्लाहसँग जोडिएको ठाउँमा आक्रमण गरेको बताएको छ ।

यसअघि सोमवार एक इजरायली प्रवक्ताले मानिसहरूलाई बेरुतका धेरै ठाउँबाट टाढा रहन चेतावनी दिएका थिए । यद्यपि रफिक हरिरी अस्पताल यसमा समावेश गरिएको थिएन ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गएको पाँच हप्तामा एक हजार आठ सयसहित अहिलेसम्म दुई हजार चार सय जनाभन्दा धेरै मानिसको ज्यान गएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया