सन् २०२४ र २०२५ मा समग्रमा विश्व आर्थिक वृद्धिदर केही घट्ने

युरोपेली देशमा सुधार हुँदा चीन र भारतमा अर्थतन्त्र सुस्ताउने पूर्वानुमान

 कात्तिक ७, २०८१ बुधबार ६:१६:४१ | एजेन्सी
unn.prixa.net

यस वर्ष विश्वको आर्थिक वृद्धिदर केही घटेर ३ दशमलव २ प्रतिशत हुने र सन् २०२५ मा पनि यही स्तरमा रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अनुमान गरेको छ ।

आफ्नो नयाँ विश्व आर्थिक आउटलुक (डब्ल्यूईओ) प्रतिवेदनमा आईएमएफले विश्वव्यापी मुद्रास्फीति घटेर यस वर्ष ५ दशमलव ८ प्रतिशत हुने र सन् २०२५ मा ४ दशमलव ३ प्रतिशतमा झर्ने अनुमान रहेको उल्लेख गरेको छ । तर आर्थिक वृद्धिमा ठूलो गिरावट वा विश्वव्यापी मन्दीविना मुद्रास्फीति विस्तारै सही दिशातर्फ जाने आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चासले बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । विकसित अर्थतन्त्रहरू सन् २०२५ मा केन्द्रीय बैंकको लक्ष्यमा फर्किने र उदीयमान बजारका लागि भने केही समय लाग्ने अनुमान रहेको उहाँको भनाइ छ ।

प्रकाशन विश्व अर्थतन्त्रबारे छलफलका लागि विश्वभरका वित्तमन्त्री र केन्द्रीय बैंकरहरूलाई एकत्रित गर्ने आईएमएफ र विश्व बैंकको वार्षिक बैठक अमेरिकामा भइरहेका बेला यो प्रतिवेदन सार्वजनिक भएको हो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिका तथा फ्रान्स, बेलायत, इटलीलगायतका युरोपेली देशमा आर्थिक वृद्धिदर बढ्ने तर चीन र भारतको अर्थतन्त्र केही सुस्ताउने प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया