पाकिस्तानमा फेरि पोलियो फैलियो, १० लाख बालबालिका खोपबाट वञ्चित

 कात्तिक ७, २०८१ बुधबार ९:१२:४६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानमा फेरि पोलियो फैलिएको छ । गएको महिना सञ्चालन भएको खोप अभियानमा त्यहाँ १० लाख बालबालिका छुटेका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । पाकिस्तानका स्वास्थ्य अधिकारीहरूले अक्टोबरमा मात्र १५ जना नयाँ पोलियोका बिरामी भेटिएका बताएका छन् । योसँगै यो वर्ष पोलियो सङ्क्रमणका बिरामीको सङ्ख्या ३९ जना पुगेका खबरमा उल्लेख छ ।

विश्वको सबैभन्दा जटिल रोगहरूमध्येको एक पोलियो उन्मूलनका लागि पाकिस्तानले धेरै चुनौतीको सामना गरिरहेको छ । गएको ६ वर्षदेखि दक्षिण एशियाली देश पोलियो भाइरस उन्मूलनका लागि प्रयासरत रहँदा पाकिस्तानमा नयाँ सङ्क्रमित बढ्नु चुनौतीको रूपमा हेरिएको छ ।

पाकिस्तानका अधिकारीहरूले ठूलो सङ्ख्यामा बालबालिका खोपबाट बञ्चित हुनुलाई पोलियोका सङ्क्रमित बढ्नुको मुख्य कारण भएको बताएका छन् । मुख्यतया दूषित पानी वा खानाबाट फैलिने पोलियो एक सङ्क्रामक रोग हो जसले मुख्यतया पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार पोलियो उन्मूलनका लागि पाकिस्तान र अफगानिस्तान मात्र समस्यामा रहेका छन् । तर पछिल्लो समय इजरायलले गाजामा गरिरहेको आक्रमणका घटनाले पोलियो सङ्क्रमण देखिनसक्ने भन्दै संयुक्त राष्ट्रसङ्घले चेतावनी दिँदै आएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया