चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुको नाफा साढे २१ प्रतिशतले बढ्यो

 कात्तिक ७, २०८१ बुधबार १५:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको नाफा साढे २१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो तीन महिनामा १३ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका वाणिज्य बैंकहरुले यस वर्ष १६ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका हुन् । समग्रमा यो २१ दशमलव ६३ प्रतिशतले बढेको नाफा हो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १२ वटाको नाफा बढेको छ । आठ वटाको नाफा घटेको छ ।

लक्ष्मी सनराइजको नाफा चार सय २० प्रतिशत भन्दा धेरैले बढेको छ । ग्लोबल आईएमई, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, कुमारी, सिद्धार्थ, एनएमबी, एभरेस्ट र नबिल बैंकको नाफा बढेको छ । कृषि विकास बैंकको नाफा झन्डै एक सय ३० प्रतिशतले घटेको छ । यस्तै सानिमा, हिमालय, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुको खुद ब्याज आम्दानी ६ प्रतिशतभन्दा धेरैले घटे पनि सम्भावित कर्जा नोक्सानीका लागि गरेको ‘प्रोभिजन’ घट्दा बैंकहरूको नाफामा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले कोभिड–१९ पछि कसिलो बनाएको बैंक तथा वित्तीय संस्थाको नियामकीय नीति खुकुलो बनाउँदै लगेको छ ।

गएको साउनमा सार्वजनिक मौद्रिक नीतिमार्फत असल वर्गमा वर्गीकरण भएको कर्जामा एक दशमलव २ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा चालू आर्थिक वर्षबाट एक दशमलव एक प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ । यस्तै कर्जामा वर्गीकरण सम्बन्धी व्यवस्थामासमेत संशोधन गरेको थियो ।  

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया