सुनामीका लागि विश्व पहिलेभन्दा बढी तयार रहेको विज्ञको भनाइ

 कात्तिक ९, २०८१ शुक्रबार ६:४७:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पूर्वचेतावनी प्रणालीहरूका कारण विनाशकारी सुनामीका लागि विश्व पहिलेभन्दा बढी तयार रहेको समुद्री विज्ञान विशेषज्ञहरूले बताएका छन् । तर अझै पनि सुनामी कहिले आउन सक्छ भन्ने भविष्यवाणी गर्न नसकेको भन्दै उनीहरुले  सुनामी तयारीका सन्देशहरू दिएका छन् ।

एक लाख ७० हजारभन्दा धेरै मानिसको ज्यान लिएको सन् २००४ डिसेम्बरको एशियाली सुनामीको २० वर्ष पुग्नै लाग्दा संयुक्त राष्ट्रसङ्घ समर्थित विशेषज्ञहरूले सुनामी तयारीका सन्देशहरू दोहोर्‍याएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

दुई दशकअघि विपत्ति आउँदा वैज्ञानिकहरूसँग हिन्द महासागरमा सुनामी चेतावनी प्रणाली थिएन । तर अहिले विश्वव्यापी एक हजार चार सय स्टेशनले सुनामी तरङ्ग बन्ने वित्तिकै चेतावनी दिने गरेका छन् । युनेस्कोका विशेषज्ञहरुले कुनै पनि घातक प्राकृतिक विपत्तिसँग जुध्न पूर्वचेतावनी प्रणाली लगायतका प्रविधिसँगै मानिसहरुमा सूचनाको पहुँच राम्रो हुन जरुरी रहेको बताएका छन् ।

सन् २००४ मा हिन्द महासागर भूकम्प–सुनामीबाट प्रभावित देशका साथै जापान जस्ता फल्ट लाइनहरू नजिक रहेका देशहरू अझै पनि जोखिममा रहेका छन् । त्यसपछि सन् २०११ मा जापानको उत्तरपूर्वी तटमा गएको ९ म्याग्निच्युडको समुद्रमुनिको भूकम्पले सुनामी आउँदा १८ हजार पाँच सय मानिसको ज्यान गएको थियो ।

समुद्री विशेषज्ञहरूले सुनामीबाट हुने हरेक मृत्यु रोक्न नसकिने तर प्रभाव कम गर्न भने सकिने बताउँदै आएका छन् । 
 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया