तातोपानी नाका अस्थायी रुपमा सञ्चालन, रसुवागढी अनिश्चित

 कात्तिक ९, २०८१ शुक्रबार ७:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एक महिनाअघिको बाढी र पहिरोका कारण सडक तथा पुल बगाउँदा ठप्प रहेको तातोपानी नाका अस्थायी रुपमा सञ्चालनमा आएको छ ।

भोटेकोशी नदीमा डाभइभर्सन बनाएर हिजोदेखि नाका सञ्चालनमा ल्याइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । बाढीले लार्चा र लिपिङ भन्ने ठाउँमा पहिरोले पुल बगाएको थियो । पुल बगाएको ठाउँमा ह्युम्पाइप राखेर सडक सञ्चालनमा ल्याइएको हो । अहिले अस्थायी रुपमा मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएको हो ।

अहिले पनि कोदारी आसपासका सडकमा धेरै समस्या रहेको हुँदा जुनसुकै बेला अवरुद्ध हुने अवस्था रहेकाले जोखिम अझै हटिसकेको छैन । दशैँको मुखमै पहिरोले सडक बगाएपछि तातोपानी नाका हुँदै आउने सामान बीचमै रोकिएका थिए ।

सडकमै रोकिएका गाडीमध्ये फलफूल र हलुका सामान व्यवसायीले बोकाएर अर्को सडक भएको ठाउँसम्म ल्याएका थिए । तर, ठूला सामान ल्याउन नसक्दा बीच बाटोमै रोकिएका थिए ।

सडक सञ्जाल जोडिएसँगै रोकिएका गाडीलाई प्राथमिकता दिएर पार गराउने काम भइरहेको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले उज्यालोलाई जानकारी दिनुभयो ।

तातोपानी भन्सारबाट विद्युतीय गाडी तथा विद्युतीय सरसामान, फलफूलजन्य सामान र लत्ताकपडा आउने गरेको छ । सडक अवरुद्ध हुँदा रोकिएका विद्युतीय गाडी लगायतका अरु सामान बोकेका गाडी क्रमशः पास गराउने काम भइरहेको काफ्लेले जानकारी दिनुभयो ।

तातोपानी नाका अस्थायी रुपमा सञ्चालनमा आए पनि रसुवागढीको नाका भने अझै अनिश्चित रहेको छ । बाढीपहिरोले चीनतर्फको सडकमा बढी क्षति भएको र मर्मतमा ढिलाइ हुँदा सञ्चालन अनिश्चित भएको हो ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया