इजरायली आक्रमणबाट गाजाको उत्तरी क्षेत्रमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ७० जना पुग्यो

 कात्तिक ९, २०८१ शुक्रबार ९:३९:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विद्रोही समूह हमासविरुद्ध इजरायली सेनाले शुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा अहिलेसम्म सात सय ७० जना भन्दा धेरै मानिसको ज्यान गएको छ । हमासले अघिल्लो वर्ष सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले गाजामा आक्रमण शुरु गरेको थियो ।

गाजाको उत्तरी भागमा अझै दशौँ हजार नागरिक फसेका बीबीसीले जनाएको छ । त्यहाँ इजरायलले यस महिनाको शुरुदेखि सैन्य कारबाही थालेर हमासमाथि दबाब कायम राखेको खबरमा उल्लेख छ ।

आक्रमणका कारण बनेका भग्नावशेषमुनि मानिसहरू अझै पुरिएका हुनाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने नागरिक सुरक्षा निकायको भनाइ छ । इजरायलले गाजामा विद्यालय र आश्रयस्थलमा आक्रमण गरिरहेको भए पनि सेनाले भने हमास लडाकूहरूलाई लक्षित गरेर आक्रमण गरेको बताउँदै आएको छ ।

उत्तरी क्षेत्रमा अब प्राथमिक उद्धार सेवाहरू प्रदान गर्न नसक्ने नागरिक सुरक्षा निकायले बताएको छ । इजरायली सेनाले आफ्ना टोलीहरूलाई बम विस्फोट गरी मार्ने धम्की दिएको निकाय आरोप छ ।

यसैबीच गाजामा झण्डै एक वर्षको युद्धपछि इजरायलले अर्को विद्रोही समूह हिजबुल्लाहको आक्रमणबाट आफ्नो उत्तरी सीमा सुरक्षित गर्ने भन्दै गएको महिना लेबनानतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ ।
 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया