नर्वेले सामाजिक सञ्जाल प्रयाेग गर्नका लागि न्यूनतम उमेर सीमा १५ वर्ष पुर्‍याउने

 कात्तिक ९, २०८१ शुक्रबार १५:१३:२५ | एजेन्सी
unn.prixa.net

नर्वेले सामाजिक सञ्जाल प्रयोग गर्नका लागि न्यूनतम १५ वर्षको उमेर सीमा लागू गर्ने भएको छ ।

नर्वेले बालबालिकाको सुरक्षाका लागि सामाजिक सञ्जालमा न्यूनतम उमेर सीमा बढाएर १५ वर्ष पुर्‍याउन लागेको बेलायतको अखबार 'द गार्जियन' ले जनाएको छ । प्राविधिक कम्पनीहरू साना बालबालिकाको दिमागविरुद्ध खडा भएको सरकारको दाबी छ ।

नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरेले बालबालिकालाई ‘अल्गोरिदम’ को शक्तिबाट जोगाउन राजनीतिज्ञहरूले हस्तक्षेप गर्नैपर्ने बताउनुभएको खबरमा उल्लेख छ । प्रधानमन्त्री जोनासले सामाजिक सञ्जाल प्लेटफर्महरू उद्योगद्वारा दुरुपयोग भइरहेको र यसले प्रयोगकर्ताहरूलाई एकल दिमाग र शान्त बन्न अग्रसर गरिरहेको बताउनुभएको छ ।

नर्वेमा अहिले समाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर सीमा १३ वर्ष छ । यद्यपि आधाभन्दा बढी नौ वर्षका बालबालिका, ५८ प्रतिशत १० वर्षका र ७२ प्रतिशत ११ वर्षका बालबालिका सामाजिक सञ्जालमा रहेका नर्वेको सञ्जार प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया