पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
म्याग्दी – यसपालीको तिहारमा मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएका छन् । म्याग्दी, बागलुङ, पोखरा र काठमाण्डौका बजारमा पुर्याउन कात्तिक महिना शुरु भएदेखि चार हजार ४० भेडा/च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशैँमा आठ हजार भेडाच्याङग्रा बिक्री भएका थिए । स्वास्थ्य परीक्षण गरेर मात्रै भेडाच्याङग्रा बजार पठाउने गरिएको छ । उत्पादन बढेको र मूल्य घटेको हुँदा विगतको तुलनामा यसपालीको दसैँ/तिहारमा भेडाच्याङग्राको कारोबार राम्रो भएको केन्द्र प्रमुख अर्यालले बताउनुभयो ।
किसानले तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ३७ हजार रुपैयाँका दरले च्याङग्रा बिक्री गरेका छन् । बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिन्छ । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छन् ।
गएको वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका व्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजार रुपैयाँमा किसानबाट खरिद गरेका छन् । गएको वर्ष बजारमा ल्याएको च्याङग्रा भाउ महँगो हुँदा बिक्री नभएर ब्यापारीले नोक्सान ब्यहोरेको गुनासोसमेत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।