पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको आवश्यक दोस्रो चरण आज शुरु गर्दैछ । इजरायलबाट भइरहेको आक्रमण र बमबारीले खोप अभियान रोकिएको थियो ।
गाजा क्षेत्रमा पोलियो खोपको अन्तिम चरण अघि बढ्नसक्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको घोषणालगत्तै इजरायलसँग अभियान पूरा गर्न आग्रह गरिएको थियो । प्यालेस्टिनी क्षेत्रमा पोलियोको पहिलो केस २५ वर्षपछि पुष्टि भएसँगै खोप अभियान गएको सेप्टेम्बर १ तारिखमा शुरु गरिएको थियो ।
पहिलो चरणको खोप गाजा क्षेत्रभरि पूरा भएको र प्रतिरोधात्मक क्षमता निर्माण गर्न आवश्यक दोस्रो चरण शुरु हुन लागेको डब्लुएचओलाई उद्धृत गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।