चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल एक खेलअघि नै हङकङमा चलिरहेको द हङकङ सिक्सेस प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ ।
समूह ‘बी’ अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड अष्ट्रेलियासँग ३४ रनले पराजित भएको हो । अष्ट्रेलियाले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले निर्धारित ६ ओभरमा एक सय १३ रन मात्रै बनाउन सक्यो । त्यसअघि नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।
बिहान भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्गल्याण्डलाई छ विकेटले पराजित गरेको हो । इङ्गल्याण्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो ।
नेपालका कप्तान सन्दिप जोराले ५० रन बनाएर रिटायर्ड भए । यस्तै रसिद खानले अविजित २१ र लोकश बलले अविजित २० रन बनाए । त्यसअघि मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्गल्याण्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
नेपालले पहिलो पटक द हङकङ सिक्सेस प्रतियोगिता खेलेको हो । नेपालले भोलि अस्ट्रेलियासँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।