उपचुनावको सरगर्मी बढ्यो : दलहरुले उम्मेदवारको अन्तिम टुङ्गो लग...
मंसिर १, २०८१ शनिबार
काठमाण्डौ – यूईएफए नेशन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई ५–१ गोलले हराएको छ । गएराति भएको खेलमा पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । उनले अहिलेसम्म १ सय ३५ वटा अन्तर्राष्ट्रिय गोल गरेका छन् । यो कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल सङ्ख्या हो ।
अर्को खेलमा स्कटल्याण्डले क्रोएसियालाई १–० गोलले हरायो । समूह ‘ए’ मा पोर्चुगल १३ अङ्कसहित शीर्ष स्थानमा छ, क्रोएसिया ७ अङ्कसहित दोस्रो, पोल्याण्ड चार अङ्कसहित तेस्रो र स्कटल्याण्ड चौथो स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा स्पेनले डेनमार्कलाई २–१ गोलले हरायो । स्वीट्जरल्याण्ड र सर्बियाले बराबरी खेलेका छन् । यस्तै बुल्गेरियाले लक्जेम्बर्गलाई तथा नर्दन आइसल्याण्डले बेलारुसलाई हराएका छन् । सान मारियो र गिब्रल्टरले बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।